एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर ८ शुक्रबार ।
पर्वतका एक नेपालीको पोर्चुगलमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।
करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए।
हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ। सामान्य परिवारका क्षेत्रीका तीन छोरा र एक छोरी गरेर चार जना सन्तान छन्।
प्रतिक्रिया दिनुहोस