मुख्य समाचार

बालिकाको हत्या भएको घटना बाहीर आए पनि परिवारले अहीले सम्म जाहेरी दिएनन्

death

एनएमबि न्यज डेक्स,काठमाडौँ
मंसिर १२ मंगलबार ।

बाँकेको डुडुवा गाउँपालिका–१ स्थित टेपरीमा राम कुमार बाहुनको खेतमा १४ वर्षीया रिता हरिजन मृत अवस्थामा फेला परेकी थिइन । गत कार्तिक १४ मा रिता मृत अवस्थामा फेला परेको कुरा सो ठाउँमा ट्याक्टरले खेत जोतिरहेका ३० वर्षीय महेश चौहानले परिवारलाई जानकारी गराएका थिए ।

तर, प्रहरीको अनुसन्धानबाट भारतको रुपैडिया घर भएका तिनै महेशले बालिकाको हत्या गरेको खुलेको छ । साग टिपिरहेकी बालिकालाई मुख थुनेर हत्या गरेको चौहानले प्रहरीलाई बताएका छन् । ट्याक्टरको फालिले हिर्काएर हत्या गरेको महेशले स्विकारेको बाँकेका एसपी सुवास चन्द्र बोहराले जानकारी दिए ।महेशले बालिकालाई बलात्कार गरेको पनि स्विकारेका छन् । तर, बलात्कार भएको वा नभएको भन्ने यकिन भइकसकेको छैन । बलात्कारबारे प्रहरीले मेडिकल रिपोर्ट पर्खिरहेको छ । सोमबार जिल्ला अदालत बाँकेको आदेशले अभियुक्त महेश चौहानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कार्तिक ९ बाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर, यस्तो खालको क्रूर र अमानवीय घटनामा पनि परिवारले जाहेरी दिएका छैनन् । परिवारले जाहेरी नदिएपछि प्रहरी प्रतिवेदनको आधारमा ज्यान मुद्दा दर्ता गरिएको बाँकेका एसपी बोहराले जानकारी दिए । एसपी बोहरा भन्छन्, ‘परिवारलाई पटक–पटक आग्रह गर्दा पनि जाहेरी आएन ।’

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी डा। मनोज केसी घरेलु हिंसा र कतिपय जघन्य अपराधका मुद्दामा पनि प्रहरीमा उजुरी नआउने बताउँछन् । उनी भन्छन्, ‘अधिकांश घटनामा उजुरी आउँछन् तर, केही घटनामा उजुरी नआउने अवस्था हुन्छ ।’

हत्यामा संलग्न महेश चौहान १० वर्षदेखि बाँकेस्थित गुलरिया गाउँमा ससुरालीमा बस्दै आएका छन् । मृतक रिता हरिजन कार्तिक १३ मा बिहान घरबाट निस्केकी थिइन् । तर, परिवारले कसैलाई खबर गरेनन् । कार्तिक १४ मा चौहानले भनेपछि स्थानीयले थाहा पाएका हुन् ।

हत्यापछि चौहानले बालिकाको शव खेतमा पुर्ने प्रयास गरेको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । घटना तोडमोड गर्न आरोपितले शव फेला परेको भनेर भ्रम फैलाएको प्रहरीको अनुसन्धान को निष्कर्ष रहेकोछ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस