
अनुज पछाई, काठमाडौँ ।
मंसिर १२ मंगलबार ।
गायिका रेखा रावतको स्वरमा रहेको ठाडी भाका (भाविनि दुई छन) जिवन्त नेपाल म्युजिक अवार्डको लागि टप ५ पर्न सफल भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि अग्लेशोरी हिल्स बिकास कोषले दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्न लागेको अवार्ड वितरण कार्यमा गायिका रावतको स्वरमा रहेको उक्त गीत टप ५ मा पर्न सफल भएको आयोजक कम्पनिका अध्यक्ष सिजम सिम्जालिले जानकारी दिएका छन ।
टप ५ मा परेसंगै गायिका रावतलाई अवार्ड जित्नको लागि अब भोटको आवश्यक्ता रहेको छ । गायिका रावतले भोट गरिदिनको लागि पनि आग्रह गरेकी छिन । एनएमबि न्युज संग कुराकानी गर्दै गायिका रावतले इ–सेवा मार्फत भोट गर्न सकिने जनाएकी छन ।
उनका अनुसार–पहिलो चरणमा इ–सेवामा खोलेर भोटिङ एण्ड इभेन्टमा गई क्याटोगरि छनोट गरि वेष्ट देउडा सिङगर अफ द इयर्स (फिमेल) मा गइ १४५ मा भोट गर्न सकिने छ ।
उक्त गीत फाइन ट्युन स्टुडियोमा रेकर्डिङ भएको हो भने, एडिट डाइरेक्सन टेकेन्द्र शाह, सम्पादक प्रेम लामा, र शब्द टेकेन्द्र शाह ,रेखा रावत र डम्मरा रेग्मी ले निर्माण गर्नु भएको हो ।