
एनएमबि न्युज डेक्स, काठमाडौ ।
मंसिर १३ बुधबार ।
काठमाडौँको नयाँ बानेश्वर चोकमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बुधबारदेखि बानेश्वरको छक्कु वक्कु भगवती मन्दिरमा ज्येष्ठ नागरिक समाज केन्द्रिय समितिले आयोजना उक्त महायज्ञ सञ्चालन भएको हो ।
ज्येष्ठ नागरिकहरुको लागि भवन बनाउने उद्देश्यले आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष पवन कुमार पौडेलले जानकारी दिनुभएको छ ।
बुधबार वृहत कलशयात्रा संगै कार्यक्रमको उदघाटन गरिएको थियो । महायज्ञमा अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित् पं.श्री अमृतशरण देवाचार्य ज्यू को प्रमुख वाचकत्वमा बुधबार (मंसिर ११) गतेदेखि १८ गतेसम्म दिनको ११ बजेबाट ६ बजेसम्म संगीतमय कथा वाचन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस