देश

धादिङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

17435647804027591086

एनएमबि न्युज डेक्स, काठमाडौँ
मंसिर १८,सोमबार ।

धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्।

श्रीमती २१ वर्षीया पवित्राको हत्या गरेको आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।

आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो। उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बतायो।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस