समाचार

सिन्धुपाल्चोकको विकट गुम्बागाउँमा पुग्यो बिजुली

bijuli bATI

एनएमबि न्युज डेक्स,काठमाण्डौँ
मंसिर २०,बुधवार ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको विकट गुम्बागाउँमा बिजुली पुगेको छ । प्रतिनिधिसभा क्षेत्र नं। १ का सांसद माधव सापकोटाले मङ्गलबार उद्घाटन गर्नुभएको हो।

गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ। पूर्वसभामुख अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रयासमा जुगल गाउँपालिका–३ का गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली पुगेपछि स्थानीय हरु खुशी भएका छन्।

माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको छ। यही रफ्तारमा काम हुँदा आगामी वैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताउनु भयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस