देश

विराटनगर आगलागी अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो

biratnagar RHjVMVlT9B

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २१ बिहिबार ।

विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको हो ।

काठमाडौँमा मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको उपचारको क्रममा राती मृत्यु भएको हो । विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो ।

मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस