
एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २७,बुधवार ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका १० बिसिङ्खेलमा स्वर्गिय आफन्तको सम्झानामा बस्नेत परिवारले चौतारो निर्माण गरेका छन् । बिसिंखेलकोे धाराचौरमा स्वोर्गिय हजुर आमा कान्छी बस्नेत र काका पुरुषेत्तम बस्नेतको स्मृतिमामा हजुर बुबा लालित बहादुर बस्नेत, बुबा लक्ष्मण बस्नेत काका हरिबल बस्नेत साथै नातिहरु अर्जुन बस्नेत ,राजु बस्नेत र अमृत बस्नेतले चौतारो निर्माण गरेका हुन् । निर्माण गरिएको एक कार्यक्रम आयोजना गरि सहयात्री समाज सेवा गुठिलाइ हस्तान्तरण गरिएको छ ।
स्व। हजुरआमा र स्व।काका को पुण्यस्मृतिमा एक लाख दिप प्रज्वलन पूुजा गरि उक्त थाहा नगरपालिकाका प्रमुख उप प्रमुख वडा अध्यक्षहरु लगाएतको उपस्थितिमा धुपिको विरूवा रोपि सहयात्री समाज सेवा गुठीलाई हस्तान्तरण गरिएको छ । उहाँहरुको यो कार्य एउटा उदाहरणीय कार्य भएको स्थानिय हरु ले बताएका छन ।