जीवनशैली

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

lumbini province afQopgrycQ

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २८,बिहिबार ।

लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी ९पिरियड्स० बिदा पाउने भएका छन् । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो ।

महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ ।

प्रदेश सभाबाट पारित भइ गएको मंसिर २१ गते प्रमाणीकरण भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस