जीवनशैली

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा यो वर्ष सुनुवाइ नहुने,अर्काे वर्ष गरिने

Tiktok Banned in Nepal 1699939079

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २८,बिहिबार ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष (२०८० सालभित्र) सुनुवाइ नहुने भएको छ।

वुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सरेपछि सुनुवाइको पालो अर्को वर्ष, २०८१ का लागि सरेको हो। सर्वोच्च अदालतले पछिल्लो समय अटोमेशनबाट मुद्दाहरुको पेसी तोक्दै आएको छ। उक्त प्रविधिअनुसार खाली रहेको समयमा सफ्टवेयरले आफैं पेसी तोक्ने गर्दछ। टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षकोको वैशाख २७ गतेलाई पेसी तोकिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस