जीवनशैली

सर्लाहीमा गोली हानेर सहकारीको रकम लुटपाट

firing sC5RLTvI2e

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २९,शुक्रबार ।

सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ नचिनेका व्यक्तिले लुटेका छन् ।

एनआईसी एसिया बैंकबाट पैसा निकालेर सहकारी संस्थातर्फ लैजाँदै गरेकाहरूलाई नचिनेका व्यक्तिले गोली हानेर रकम लुटपाट गरेका प्रहरीले जनाएको छ । सहकारी संस्थाका प्रबन्धक रामनाथ राय र निरा राय पैसा लिएर चढेको मोटरसाइकललाई नियन्त्रणमा लिएर रकम लुटपाट भएको हो ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस