देश

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

PAKRAU

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ३ मंगलबार ।

लिखु तामाकोशी गाउँपालिका(७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

विद्यालयमै कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए। पीडितले आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए।

प्रहरीका अनुसार सार्कीले गत मङ्सिर २७ गते परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा एउटा घरमा बोलाएर छात्रालाई यौन दुर्व्यवहार गरेका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस