जीवनशैली

चीनमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

china EpwSSKrTsy

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ३ मंगलबार ।

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको छ। केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस