जीवनशैली

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

makawanpur multiple campus

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ४,बुधबार ।

बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्पाम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए।

त्यस्तै, बैठकले प्रदेशको बहुवर्षिय आयोजना अन्तर्गत बागमती प्रदेशमा निर्माण भएका प्रहरी चौकीको २६ करोड ५५ लाख भुक्तानी स्वीकृत दिने निर्णय गरेको छ।

साथै, प्रदेश स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयको संगठन संरचना तथा दरबन्दी तेरिज समेत स्वीकृत गर्ने निर्णय भएको छ।

प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय भएको मन्त्री लम्सालले जानकारी दिनुभयो। कर्मचारी पदपूर्ति, पदस्थापना तथा संसोधनका लागि लोकसेवा आयोगलाई पत्राचार गर्ने पनि बैठकमा निर्णय भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस