देश

पाल्पामा टिपर दुर्घटनामा परि एक जनाको ज्यान गयो, दुई जना घाइते

accidnet AtNt6Y9Ol7 6U2PGTAFEX

एनएमबि न्युज डेक्स, काडमाडौँ
पुस ६ शुक्रबार ।

पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका(३ का विष्णु ढकालको ज्यान गएको हो ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका(१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका(५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएको छ । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको हो । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस