
अनुज पछाई, काठमाडौँ ।
पुस ८ आइतबार ।
प्यूठानमा रहेको दारी ग्याङ विभिन्न गरिव दुखिको लागि सहारा बन्दै आएको छ । आर्थिक अभाबको कारण उपचार हुन नसकेका ब्यक्तिहरुको लागि विभिन्न दाताहरुबाट रकम सङकलन गरि सहयोगको हात अगाडी बढाउदै आएको दारी ग्याङ प्यूठानको टोलिले प्युठान नगरपालिका ३ रातामाटा निवासी नारायणी के एम कोको उपचारको लागि आर्थिक सङकलन गर्ने कार्यमा जुटेको छ ।
गत मंसिर २० गतेको दिन राति करिब साडे ११ बजेको समयमा केएम आफ्नै घरको कौसी बाट खसेर मेरुदण्ड भाचिएको थियो । उपचारमा आर्थिक समस्या भएको खबर प्राप्त गरेलगातै दारी ग्याङ प्यूठानले आर्थिक रकम सङकलन गरि हस्तान्तरण गरेको छ । दारी ग्याङ प्यूठानका अध्यक्ष सुरज खनालको नेतृत्वमा सङकलन भएको ३८ हजार ८२५ रुपैया नगद दारी ग्याङ प्यूठानको टोलि केएमको घरमा पुगेर हस्तान्तरण गरेको छ । अध्यक्ष खनालका अनुसार उक्त रकम करिब ३४ जना सहयोगी दाताहरुले सहयोग गरेका थिए ।
केएम एकल महिला हुन । उनको अहिले मर्सि सिटि अस्पतातमा उपचार भैरहेको छ ।