एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ९ सोमबार ।
विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर(१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ः ३० बजे अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।
सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
मोरङ कारागारमा केही दिन अगाडि एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शङ्कास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए ।