
नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश कमिटीको दोश्रो सम्मेलनबाट सुरत खत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । पुष ७ गते पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता बाट उद्घाटन भएको प्रदेश कमिटीको दोश्रो सम्मेलनको बन्दशत्रपछी आज सोमबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबीच निर्वाचन भएको थियो ।
निवर्तमान अध्यक्ष मान बहादुर साउदको सभापतित्वमासम्मेलन बाट उपाध्यक्षमा वीर सिंह धामी, सचिवमा ईन्जिनियर खगेन्द्र कुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनुभएको सदस्यहरुमा रुपेश साउद, सत्य कुमारी कुँवर, दिपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेश बहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पबित्रा साउद, गिता महर, कुन्तिदेवी धामी र रमा कुँवर हुनुहुन्छ ।