समाचार

माइतीघर मण्डलबाट सिके राउत पक्राउ

CK raut 2

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस १६, सोमबार ।

 

धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउत सहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस