एनएमबि न्युज डेक्स, काठमाडौँ
पौष १९,बिहीबार।
मोरङ मा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घरबेटी पक्राउ परेका छन ।
अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उक्त घर को घरबेटी सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ।
धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । उनका बुबा विदेशमा छन् । आमा दोस्रो बिहे गरेर गएकी छन् । डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अभिभावकले देखेपछि घटना बाहिर आएको हो । कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो । त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।डर र त्रास देखाएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको प्रहरीले बताएको छ । पीडित बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको प्रहरील बताएको छ ।