देश

घटनाको ४६ दिन पछि बोराभित्र फेला परेका दुई शवको पहिचान

1704694318 sab fela 1200x560 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २३ सोमबार

चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान भएको छ। घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो।

घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती हुन्। घटनाका पीडक भने भारतमै रहेको खुलेको छ।

पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस