मुख्य समाचार

थानकोट चित्लाङ सडक खण्डको सेतो पहरामा सडक दुर्घटना चारको मृत्यु

418508628 1296330227723148 9007503419472182108 n

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २८ शनिबार

गणेशमान सिंह मार्ग को थानकोट को सेतो पहरामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दिउँसो करिब २ बजे भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

418456910 1296330267723144 1881744763409701245 n

एक बच्चा गम्भीर घाइते रहेको र सवारी साधन प्रदेश ३ ०१०२३च ६९८५नम्बरको प्राइभेट कार रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त थानकोटका डिएसपी नारायण प्रसाद अधिकारी नेतृत्वको टोली उद्दारमा खटिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलनको कार्य जारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस