नाता सम्बन्ध

सामाजिक बिकास मन्त्री मोक्तानको पहलमा अशक्तलाई घरमै नागरिकता

d9919dff c46c 4364 973f a7a0c5742f96

एनएमबि न्युज डेक्स,काठमाडौ
माघ ७ आइतबार

बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको पहल र जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान अन्तरगत भीमफेदी गाउँपालिकाको दुईजना जन्मजात पूर्ण शारीरिक र मानसिक असक्तलाई घरमै नागरिकताको प्रमाणपत्र बितरण गरिएकोछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नासु सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले भीमफेदी गाउउपालिका वडा नम्बर ८ इपाका बिर्ख बहादुर थिङको २० वर्षकी छोरी सुनिता थिङ र १६ वर्षको छोरा सुरेन्द्र थिङ लाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

936d8e1d aae3 4658 ab11 2598cd1e6b86

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नु सबै नागरिकको अधिकार भएको र कार्यालयमा उपस्थित हुन नसक्ने शारीरिक र मानसिक रुपमा पूर्ण असक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज पौडेलले बताउनुभयो ।

e940809c ebe4 4471 b112 3d62c4de91b9

पौडेलले सवारी साधनबाट ओर्लेर करिब २ घण्टा हिडेर घरमै पुगि नागरिकता प्रदान गरिएको बताउनुभयो ।

नागरिकता बितरणको लागि भिमफेदी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रितिलाल लामा, समाजसेवी अप्सरा लोप्चन, अमृत बल लगायतले सहयोग गरेका थिए ।

भौगोलिक रुपमा दुर्गम र पूर्ण असक्त आफ्ना छोराछोरीलाई घरमै आएर नागरिकता प्रदान गरेकोमा सामाजिक बिकासमन्त्री कुमारी मोक्तान, जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय सबैलाई पिता बिर्खबहादुर थिङले धन्यवाद दिनुभयो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस