एनएमबि न्युज डेक्स,काठमाडौ
माघ ७ आइतबार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । ।
दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको हो । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत रहेकोछ ।अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।
प्रतिक्रिया दिनुहोस