
एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १० बुधबार ।
धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।
अग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएको तत्काल उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बताए । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ । अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस