अनुज पछाई, काठमाडौँ
माघ १२,शुक्रबार ।
काठमाडौँको कलंकी मालपोत रोडमा रहेको मानव सेवा फाउण्डेसनको प्राङगणमा बिहिबार छुट्टै खाले रौनक देखियो । जहाँ पञ्चेबाजाको स्वर गुन्जिएको थियो । लाग्थ्यो केहि बिशेष कार्यक्रम छ । त्यहाका कर्मचारीहरु हसिलो मुद्रामा हातमा फुलमालाका टोकरी बोकेर ठूलै राजनेता अथवा ख्याति प्राप्त व्यक्तिहरुको स्वागतको लागि बसेको जस्तो देखिन्थे । तर कारण भने त्यस्तो थिएन ।
एकैछिनमा जाजरकोट डोल्पा टु काठमाडौँ लेखेको बस उक्त कार्यालयको अगाडी आएर रोकियो । मनमा केहि उत्साहले भरिएका कोपिलाजस्तै बालबालिकाहरुले भरिएको थियो उक्त गाडि । ३० बढी सुन्दर कोपिलाजस्ता बालबालिकाको भने दैबले मालीलाई छुटाएको रहेछ । अर्थात गत कार्तिक १७ गते राति गएको भुकम्पमा परेर आफ्नो अभिभावक नै गुमाएका बालबालिका रहेछन ।
अबोध बालबालिका जस्लाई आफ्नो भबिष्यको बारेमा कुनै वास्ता नै छैन । बाबाआमा आफुबाट छुटिनुको पिडा भएपनि पिडालाई लामो समयसम्म मनमा नलिने उनै बालबालिकाको सुन्दर भबिष्य निर्माण गर्ने बृहत उद्देश्य बोकी जाजरकोट पुगेर बालबालिका लिएर आएको गाडि र उनै बालबालिकाको स्वागतको लागि रहेको थियो पञ्चेबाजासहितको स्वागत कार्यक्रम ।
मानवसेवा फाउण्डेसन नेपालद्धारा सञ्चालित मामाघर सपोर्ट एण्ड केयर सेन्टर नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाउमा रहेको छ ।
बालबालिका भबिष्यका कर्णदार मानिन्छन । यो हो पनि । किनकी आजको बालबालिका नै भोलिको अभिभावक हुन । यसै कुरालाई आतमसाथ गर्दै मामाघर सपोर्ट एण्ड केयर सेन्टरले देशभरका अभिभावक विहिन बालबालिकाहरुलाई आश्रम प्रदान गर्दै आएको छ ।
कस्ले सञ्चालन गर्दै आएको छ त मामाघर आश्रम ?
आफुलाई विश्वबिख्यात कथावाचकको रुपमा परिचय स्थापित गर्न सफल भएका वालयोगेश्वर विजयमूर्ती महाराज श्री कै सङकल्पमा उक्त मामाघर आश्रम सञ्चालनमा आएको छ । श्रीमद्भागवत लगायतका कथा वाचनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका वालयोगेश्वरले मामाघरमा आफु मामा बनेर भान्जाभान्जि जस्तै गरेर स्यार सत्कार गरेका छन । उनै वालयोगेश्वरकै एकल प्रयासमा उता भक्तपुरको चागुनारायण नगरपालिका ताथलिमा पनि छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आएको छ । उता पनि दर्जन बढी आधारभुत आवस्यक्ताबाट बन्चित रहेका ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन ।
यस अघि देशका बिभिन्न स्थानबाट ३८ बालबालिकाले मामाघरबाट निःशुल्क गासँ,बास,कपास,शिक्षा,स्वास्थ्य जस्ता आधारभुत आवस्यक्ता प्राप्त गरिरहेका छन । त्यस्तै जाजरकोटबाट भूकम्प पीडित ३० थपिएसंगै वालयोगेश्वर विजयमूर्ति महाराज श्रीका ६८ जना भान्जा भान्जि भएका छन ।
अब भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपद्मा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिका मामाघरमा आएका हुन ।
कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकाहरू लाई मामाघर लगिएको हो ।
वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले महायज्ञ जस्ता धार्मिक कार्य गरेर उक्त धार्मिक कार्यबाट सङकलन भएका आर्थिक रकमबाट अहिले बालबालिकाको खर्च जोहो गरिरहेका छन । उनको होस्टेमा हैसे भने ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले गरिरहेका छन । चलचित्र क्षेत्रहुदै विभिन्न सामाजिक क्षेत्रमा आफुलाई अग्र पङतिमा राखेका उनै वडा अध्यक्ष घिमिरे मामाघरको स्थापनाको लागि जग्गा व्यबस्थापन लगायतका कार्यमा रातदिन लागिपरिरहेको छन ।
हेर्दा सेवाको अर्थ खोज्न परे वालयोगेश्वर विजयमूर्ती महाराजलाई हेरे पुग्छ जस्तै लाग्छ । उनले बालबालिका तथा ज्येष्ठ नागरिकलाई आश्रम मात्र दिएका छैनन् हजारौ मन्दिर तथा धार्मिक स्थल निर्माणको लागि आर्थिक तथा मानविय सहयोग गर्दे आएका छन । त्यस्तै हजारौ बिरामी जो आर्थिक अभाबकै कारण उपचार गर्न सकिराखेका हुदैनन उनिहरुलाई पनि आर्थिक सहयोग गर्दै आइरहेका हुन्छन ।