जीवनशैली

छोरीको घरको लागि चन्द्रागिरी नगरपालिकाको २ लाख आर्थिक सहयोग

chandragiri

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १३,सनिवार ।

काठमाण्डौँ जिल्लाको चन्द्रागिरी नगरपालिकाले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागि आर्थिक सहयोग गरेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि गएको आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएर चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आश्रम निर्माणको लागि नगरपालिकाको तर्फबाट रु २ लाख सहयोग गर्ने घोषणा गरेका थियो ।

chandra meyar

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी

सोहि घोषणा अनुसार छोरीको घर ज्येष्ठ नागरिकको भवन निर्माणको लागि रु २ लाख सहयोग नगरपालिकाको तर्फबाट प्राप्त भएको आश्रमले जानकारी दिएको छ ।

chandra up

चन्द्रागिरी नगरपालिकाका  उपप्रमुख बसन्ती श्रेष्ठ

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस