समाचार

प्रथम वार्षिक साधारणसभा बाट अध्यक्षमा केशव सुनार चयन।

422673767 1303995306956640 7078246312022356820 n

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १३,सनिवार ।

मकवानपुर को  थाहा नगरपालिका वडा न १ मा अवस्थित रहेको थाहा कृषि सहकारी संस्थाको अध्यक्षमा केशव सुनार चयन हुनुभएको छ ।
आज सम्पन्न भएको संस्थाको प्रथम वार्षिक साधारणसभा बाट सुनार लाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
साधारणसभा बाट उपाध्यक्षमा सिम्रन खड्का ,सचिब श्याम कुमार गोले,कोषाध्यक्ष अनन्त ढकाल लाई चयन गरेको छ भने सदस्य हरुमा अनिल कुमार रायमाझी,किशोर प्रधान,सुरेन नेपाली,मिना कुमारी स्याङ्तान र रिक्की गोलेलाई चयन भएका छन।
संस्थाको अध्यक्ष जितेन्द्र मगरको अध्यक्षता तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सहयोगी बचत तथा ऋण सहकारीका व्यवस्थापक मोहनमान श्रेष्ठ,कुण्डलदेवी बहुउद्देश्यीयका व्यवस्थापक राजन मिश्र,थाहा नगरपालिका प्रमुख प्रेस संयोजक शम्भु अधिकार लगायतका उपस्तिथि रहेको थियो।
अतिथी हरुले शुभकामना मन्तव्यमा थाहा नगरपालिका भित्र रहेका सहकारी हरु बिच अन्तर सहकारी एकता र सहकार्यको आवश्यकता औलाउदै थाहा कृषि सहकारीले थाहा नगरपालिकाको कृषिमा मात्र लगानी गर्नुपर्नेमा जोड दिएका थिए।
साधारणसभा बाट अध्यक्ष,सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो। कार्यक्रम शंकर होटलको सभाहलमा सम्पन्न गरीएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस