समाचार

पालुङ जेसीजको तालिम कार्यक्रम सम्पन्न

4edf65a1 1cec 43a7 9c81 f200eed3ca78

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १३,सनिवार ।

मकवानपुर को पालुङ जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत शाखा पदाधिकारीहरुको लागि तालिम कार्यक्रम सम्पन्न भएको छ ।पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिनुभएको थियो ।तालिममा पालुङ जेसीज बर्ष २०२४ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीका बारोमा प्रशिक्षक नेगीले जानकारी गराउनुभएको थियो ।तालिममा बर्ष २०२४ का अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायत पदाधिकारी र कार्यक्रम संयोजकहरुको सहभागिता रहेको महासचिब बिक्रम गोपालीले बताउनुभयो ।पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, नवराज लामा, जयराम खत्रीको आतिथ्यता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस