एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १५ सोमबार ।
ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला हीजो आइतबार मृत फेला परेकी छन्।पाँचथर याङवरक गाउँपालिका(६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका वडा (२ मा मृत फेला परेकी हुन् उनी आइतबार साढे १२ बजे बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म घर नफर्किएपछि घरपरिवार र आफन्तले प्रहरीलाई खबर गरेका थिए।खोजतलासका क्रममा उनी मृत भेटिएको ताप्लेजुङका डिएसपी राजेन्द्र लिम्बुले जानकारी दिए। ‘२५ दिनको बच्चा भने फेला परेको छैन,’ उनले भने, ुआफन्त र प्रहरीले बच्चा खोजिरहेका छौं।ुउनको शव भेटिएको नजिकै मोबाइल, ज्याकेट र झोला भेटिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लिम्बुले बताएबा छन ।
प्रतिक्रिया दिनुहोस