मुख्य समाचार

थाहा नगरमा सहीद दिवसको अवसरमा दिप प्रज्ज्वलन

8db54aae 5b20 44ae 8235 44ff792aae4c

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १७ बुधबार

मकवानपुर को थाहा नगरपालिका लगायत बिभिन्न संघसंस्थाले सहीद दिवसको अवसरमा मंगलबार साँझ दीपप्रज्ज्वलन गरि सहीदप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

224c76c9 b50c 402c 898d ddc6ce96565c थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिताम सहीदहरुको सम्झनामा दीपप्रज्ज्वलन गरिएको सामाजिक शाखा प्रमुख अनिल लामिछानेले बताउनुभयो । लामिछानेले नगरपालिका अन्तरगतका वडा कार्यालयहरुमा पनि दीप प्रज्ज्वलन गरिएको बताउनुभयो । यसैगरि पालुङ जेसीजले पनि मंगलबार साँझ थाहा नगरको बुद्ध चोकमा दीप प्रज्ज्वलन गरेको छ । दीप प्रज्ज्वलन गर्दै पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीले सहीदको सपनालाई ब्यवहारमा उतार्नपर्ने बताउनुभयो ।रायमाझीले समाज परिवर्तनका आन्दोलन क्रममा भएका सहीदहरुको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण युवा लागिपर्न पर्ने बताउनुभयो ।

3300fd27 728b 4922 bdf3 f55a4fc5435d

पालुङ जेसीजको आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल,

ईलाका प्रहरी कार्यलय पालुङका प्रमुख श्याम थापामगर, फरक सोचका संयोजक यादव जंग रायमाझी, लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपाली, थाहा नगर उद्योग वाणिाज्य संघका कार्यसमिति सदस्य विश्वनाथ रायमाझी लगायत पदाधिकारीहरु, जेसीजका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महासचिव बिक्रम गोपालीले बताउनुभयो ।

त्यस्तै पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मीहरुले पनि सहीद दिवसको अवसरमा दीप प्रज्ज्वलन गरि सहीदप्रति श्रद्धाञ्जली ब्यक्त गरेकाछन ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस