मनोरन्जन

बलिउड गायक आतिफ असलम नेपाल आउँदै

aa

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ २५ बिहीबार

सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् । आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका छन् । ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो ।

1707213811 YljZa
चैत २९ गते नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम रहेकोछ।

यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।सात वर्ष लामो ग्यापपछि आतिफ असलमले बलिउडमा पुनरागमन गर्न लागेको खबर गत साता सार्वजनिक भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस