
एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–३ बिहिबार ।।
पत्रकार अर्चना झाले मैथिली भाषामा लेखेको ‘अर्चनाकृत रामायण’ सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक गद्यमा लेखिएको मैथिली रामायणको विमोचन कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँस्थित मामाघर अनाथलय आश्रममा गरे।
नेपाली र संस्कृत भाषामा रहेको रामायणलाई मैथिली भाषामा लेख्न पाउनु गौरवको विषय भएको लेखक झाले बताइन्।.करिब ६४ हजार शब्द र ३०० पेजकोयो पुस्तक लेख्न चार वर्ष लागेको उनले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस