बागमती प्रदेश

किसानलाई आधुनिक प्रविधिमा जोड्दै वडा सरकार

fa063d5c 7edb 44bd 877d 14391381784e

एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–३ बिहिबार ।

मकवानपुर जिल्ला को थाहा नगरपालिका वडा नं ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु निकै खुसी भएका छन् ।

362f8e25 fb9c 4786 aae7 52acb003098b

थाहा नगरपालिका वडा नं। ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताउनुहुन्छ । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा उमारमा समस्या, उम्रेपनि जोगाउन हम्मे हम्मे हुने बताउनुभयो ।खुल्ला ठाँउमा तरकारी बालीको बिउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेती बताउनुहुन्छ । समयको बचतसंगै बिउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेती बताउँछन् ।तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दिपक बिष्टले बताएउनुभयो । बिष्टले वडाका कृषकहरुलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यलय र जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो ।वडा कार्यालयले ७२ बर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ ।एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सबिता सुनारले बताउनुभयो ।

fa063d5c 7edb 44bd 877d 14391381784e a7b16f4a 8519 4185 9a45 907808e7d310एक घर एक टनेल को अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बिउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्सहान गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताउनुभयो ।१ हजार ४६ घरधुरी रहेको वडा नं। ३ मा कृषकहरुको मागको आधारमा गत बर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ ।वडाको मूख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी ब्यवशायिक बनाउनको लागि टनेल निर्माणकालागि सहयोग गरिएको र आगामी बर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताउनुभयो ।कृषि पेशालाई प्रबिधिमैत्री बनाउन यस बर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस