मुख्य समाचार

विश्वभक्त बाबा को सुझाव दुर्घटना कम गर्न थानकोट-चित्लाङ सडकको सेतो पहरामा सेतिदेवीको मन्दिर बनाई ऐना चढाउनुस

r 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–६ ,आइतबार ।

थानकोट-चित्लाङ जोड्ने मुख्य सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय धेरै दुर्घटना हरु भैरहेका छन।
गत पुष २८ गते भएको सडक दुर्धटना मा जीपमा सवार एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएको थियो। त्यसपछि यो सडक को बिषय मा झन् बढी सबै जनमानस मा चासो को विषय बन्न पुग्यो। यस सडकको ट्य्राक खुलेको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न विवश रहेका छन् । केन्द्रीय राजधानीबाट प्रदेश राजधानी जोड्ने छोटो दूरीको यो सडक मार्गको अवस्थाका विषयमा सबै तिर चासो र चिन्ता व्यक्त हुन थालेपछि अर्थ मन्त्रालयले गत महिना स्रोत सुनिश्चित गरेर ६ करोड रुपैयाँ विनियोजन गरेपछि यस सडकको सेतो पहरा क्षेत्र मा अहिले मर्मत सम्भार को कार्य जारी रहेको छ।

424602688 907507704368073 3759372875717734063 nसडक दुर्धटना ले पछिल्लो समय मा धेरै ले अकाल मा ज्यान गुमाउने अंगभंग हुने को संख्या दिनानु दिन बढिरहेको छ। तयस्तै गत पुष २८ गते एकै परिवारका ३ जना सहित ५ जना ले ज्यान गुमाए पछि यो बाटो को बिषय सडकदेखि सदनसम्म चर्चामा चुलिएको छ । त्यस्तै चन्द्रागीरी सेतोपहरा मुनिको दुर्घटना भैरहेको खण्डमा दुर्घटना नहुनदिन विश्वभक्त बाबा नाम गरेका एकजना साधकले सो सडक खण्डको सेतो पहरामा मन्दिर बनाउनुपर्ने सुझाव दिएका छन् ।

424666320 907507777701399 2821650871779256408 nउहाले भने निर्माण का कार्य हरु गर्दा जुन सुकै काम गर्दा पनि क्षमा पुजा गर्नु पर्ने र यो सडक खन्नुपूर्व यस क्षेत्र मा क्षमा पूजा नगरिएकोले यी क्षेत्र हरु मा यस्ता अप्रिय घटना हरु घटिरहेको भन्दै उहाले यो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताउनु भयो । उहाले आफुले ध्यान गर्दा सेतो पहरा क्षेत्रमा अलाैकिक शक्तिले मन्दिर बनाउन सुझाव दिएको भन्दै उक्त स्थानमा सानो मन्दिर स्थापना गर्न आफु लागिपरेको बताउनु भयो । कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने भएकोले त्यस्ता स्थानमा ऐना राखि दोष कम गर्ने चलन अन्यत्र पनि रहेको पनि उहाले उल्लेख गर्नु भयो।

425029351 907507734368070 7049234405619915002 n
तस्बिरः बुद्धरत्न मानन्धर

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस