
एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–८ ,मंगलबार
रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री विजयी भएका छन् । दुई हजार चार सय मत खसेको उक्त चुनावमा ७०५ मत पाएर उनि विजयी भएका हुन् । चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ मत पाएका थिए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले जम्मा २८१ मत पाएका हुन् ।यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए । यसरि हेर्दा नया पार्टी लाइ जनता ले बिश्वास गरेको पनि देख्न सकिन्छ।