समाचार

लियो जिल्ला परिषद् ३२५ जे नेपालकाे आगामी बर्ष २०२४/२५ का लागी जिल्ला अध्यक्षका लागि भट्टराई ले गराए मनोनयन दर्ता

294746097 747963646476880 6873750948615185593 n 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–१२ ,शनिबार।

लियो जिल्ला परिषद् ३२५ जे नेपालकाे आगामी बर्ष २०२४/२५ का लागी जिल्ला अध्यक्ष पदकाे मनाेनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ।
बिहिवार, २०८० फागुन १० गते तद् अनुसार २२ फेब्रुअरी २०२४ काठमाडौंको बसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजमा लियो क्लब अफ काठमाडौं उपकारकाे आयोजनामा लिओ जिल्ला परिषद ३२५ जे नेपालको अध्यक्ष पदको मनाेनयन दर्ता कार्यक्रम सम्पन्न भएको हो । लिओ क्लब अफ काठमाडौं उपकारका अध्यक्ष लिओ माधब फुयाल को सभापतित्व र लायन्स जिल्ला ३२५ जे का गभर्नर लायन हरि प्रसाद मरठ्ठाकाे प्रमुख अथित्यताका साथै अग्रज लायन लिडर रामराजा थापा, लायन श्यामकृष्ण फुयाल, लायन मिलन रञ्जित लगायत लियो जिल्ला परिषद् ३२५ जे का विभिन्न पदाधिकारीहरुकाे सहभागितामा कार्यक्रम समापन गरिएको हो।

423454981 874766454448078 7101265454245332860 n

लिओ जिल्ला परिषद ३२५ जे नेपालका बर्तमान जिल्ला उपाध्यक्ष लिओ सबिन भट्टराईले आफुलाई अध्यक्ष पदकाे भुमिका निर्वाह गर्न याेग्य ठानेर मनाेनयन अधिकृत लियो जिल्ला परिषद ३२५ जे नेपालीका निवर्तमान जिल्ला अध्यक्ष लियो किरण थापा क्षेत्रि समक्ष आफ्नो मनाेनयन दर्ता गराएका छन्। लियो सबिन भट्टराई लामो समय देखि लियो क्लब मा आवद्द भै बिभिन्न सामाजीक काम मा सधै अग्रसर रही काम र सहयोग गर्दै आइरहनु भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस