एनएमबि न्युज डेक्स,अछाम ।
फागुन २०,आइतबार ।
नेपालि नया बर्ष २०८१ को अवसर पारि एम.एन प्रोडक्सन प्रा.लि त्रिपुरेस्वर ले दुइ दिने बृहत सास्कृतिक कार्यक्रम को आयोजना गरेको छ। कार्यक्रम को अवसर पारि एम.एन प्रोडक्सन प्रा.लि ले पहिलो दिन २०८० /१२/३० गतेको दिन सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम आउने भएका छन। उनले नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन्। साथै असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै दोस्रो दिन २०८१/०१/०१ गतेका दिन नेपालि कलाकार हरुको समूह The Edge Band को सास्कृतिक प्रस्तुति रहने छ । भने भारतीय कलाकार अनुभ जैन को पनि साङ्गितिक प्रस्तुति रहने छ। कार्यक्रम काठमाडौंको हायात रिजेन्सीको मैदानमा हुने छ। एम.एन प्रोडक्सन प्रा.लि मिति २०८० कार्तिक १६ गते दर्ता भइ संचालन मा आएको हो। यो कार्यकम ले पर्यटन प्रवर्धन मा ठुलो टेवा पुग्ने र साथै देश को आर्थिक स्थिमा पनि केहि सहयोग पुग्ने आयोजक ले जनाएको छ।