समाचार

सर्लाहीको नवलपुरमा महायज्ञ लाग्दैः तयारी तिव्र

facebook

एनएमबि न्युज डेक्स,नवलपुर ।
फागुन २८, सोमबार ।

सर्लाहीको नवलपुरमा विराट ज्ञान महायज्ञ २०८० को आयोजना हुने भएको छ । आगामी चैत्र महिनाको १५ गते देखि २५ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीमा आयोजक समिती लागि परेको छ । सामूदायिक रुपमा प्रयोग हुने प्रयोजनले निर्माणाधिन श्री देवीथान मन्दिर धर्मशाला पुरा गर्न एंव सामूदायिक भवन निर्माणको सहयोगार्थ आयोजना हुन लागेको महायज्ञको तयारीको लागि आयोजक समिती तिव्र रुपमा अघि बढेको हो ।
ऐतिहासिक सर्लाही नवलपुर देवीथान धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव श्रीमद्भागवत धन धान्याचल नवाह विराट ज्ञान महायज्ञ २०८० नाम दिइएको उक्त महायज्ञको चहलपहल बढदो क्रममाः रहेको छ ।
अहिले आयोजक समितीका पधादिकारीहरु महायज्ञको लागि निमन्त्रणा गर्र्दै घरदैलो कार्यक्रममा गरिरहेका छन् । त्यस्तै महायज्ञ स्थलको निर्माण गर्ने कार्य पनि भैरहेको छ । अहिले महायज्ञ आयोजना हुने स्थानमा पण्डाल निर्माण लगायतको कार्यक्रम भैरहेको आयोजकले जनाएको छ ।

facebook 1
श्री देवी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र श्री मानव सेवा फाउण्डेसन,नेपालले संयुक्त रुपमा आयोजना गरेको उक्त महायज्ञको पूर्व सन्ध्यामा चैत्र १० गते वृहत मोटरसाइकल याली कार्यक्रम,१५ गते बिशाल कलश यात्रा र १५ गते दिउसो महायज्ञको समूदघाटनको कार्यक्रम रहेको छ ।

facebook 2
महायज्ञमा विश्व विख्यात कथा वाचक वालयोगेश्वर विजय कृष्ण मूर्ति जी महाराज, प्रख्यात कथावाचिका गरिमा उपाध्याय र चर्चित युवा कथा वाचक निशान्त अधिकारीद्धारा भागवत कथा वाचन हुने कार्यक्रम रहेको छ । साथमा राष्टिय स्तरका कलाकारबाट झाकी,भजन र सन्देशमूलक नाटकहरु प्रस्तुत हुने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस