समाचार

रंगिन पर्व होलि लाइ थप रंगिन बनाउँन रित्विज काठमाडौँमा

ritviz WIzjFlmi0O

एनएमबि न्युज डेक्स,काठमाडौं
चैत,११ ,आइतबार

चर्चित भारतीय गायक, गीतकार तथा सङ्गीत निर्माता रित्विज हिजो काठमाडौँमा आइपुगेका छन् । एमएन इन्टरटेन्मेन्ट इभेन्टका म्यानेजर अर्जुन बस्नेतका अनुसार आज अन्नपूर्ण होटलमा हुने होलीको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् । रित्विजले आज आफ्नो दमदार प्रस्तुति दिनेछन् । बिहारको दरभंगामा जन्मिएका रित्विजको पूरा नाम रित्विज श्रीवास्तवा हो । उनी पुणे महाराष्ट्रमा हुर्किएका थिए ।उनी सन् २०२१ मा फोरब्स इन्डियाको ३० अन्डर ३० मा समावेश भएका थिए । उनको लिग्गी, उड गए, जित, चलो चलेँजस्ता थुप्रै गीतहरू चर्चित रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस