समाचार

समाज सेवा नै मानव जीवनको सबै भन्दा ठुलो पुन्य कर्म हो

592f9dd5 0918 4427 905a b3bb4b3c5b85

एनएमबि न्युज डेक्स,काठमाडौं
चैत,१४,बुधबार

सिम्रन खड्का

 

‘समाजसेवा नै मानव जीवनको सबैभन्दा ठुलो पुन्य को कर्म हो’ भन्ने उद्देश्य लिएर सामाजिक कार्यमा बिगत लामो समयदेखि विभिन्न कार्य गर्दै आईरहेको थाहा इन्भेस्टमेन्ट ग्रुपलाई काठमाडौमा आयोजित एक समारोह बीच सम्मान गरिएको छ ।

ad704269 a32a 4615 8cda 93c85c3b0c54 1
सिजन मिडियाको आयोजनामा मंगलबार राष्ट्रिय नाचघर काठमाण्डौंमा आयोजना गरेको नेसनल सोसल वेयलफेयर अवार्ड २०२३ अन्तरगत थाहा इन्भेस्टमेन्ट ग्रुपलाई विशेष समाजसेवा सम्मान २०८० बाट सम्मान गरिएको हो
सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा भएको कार्यक्रममा राज्य सुसासन समितिका सभापति रामहरी खतिवडा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको आतिथ्यता रहेको थियो ।
थाहा इन्भेस्टमेन्ट ग्रुप स्थापना समयदेखिन नै समुदायको हितका लागि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।
सम्मानपत्र ग्रहण गर्दै थाहा इन्भेस्टमेन्ट ग्रुपका सदस्य अर्जुन बस्नेतले यो सम्मानले थप जिम्मेवारी थपेको बताउनुभयो । उहाँले सम्मानको लागि योग्य ठानेकोमा सिजन मिडिया प्रति आभार ब्यक्त गर्नुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस