
एनएमबि न्युज डेक्स,काठमाडौँ ।
चैत्र १७,सनिवार ।
सर्लाही जिल्लाको नवलपुरमा रहेको देवीथान मन्दिर तथा धर्मशालाको सहयोगार्थ समाजसेवी तथा शिक्षाप्रेमी अजिता अधिकारीले नगद रु १ लाख १ हजार सहयोग गरेकी छन् ।
ऐतिहासिक सर्लाही नवलपुर देवीथान धार्मिक तथा सास्कृतिक महामहोत्सब एवम श्रीमदभागवत धन धान्याचल विराट ज्ञान महायज्ञ २०८० को शुक्रबारको रात्रिकालिन सत्रमा सहभागी भएकी अधिकारीले उक्त रकम सहयोग गरेकी हुन् ।
अधिकारी जिल्लाकै उत्कृष्ट सस्थागत बिद्यालय लर्ड ब्राइट अङग्रेजि बिद्यालयको सस्थापक हुन ।
गत बिहिबार (चैत्र १५ गते) देखि सुरु भएको उक्त महायज्ञ आगामी चैत्र २५ गतेसम्म चल्ने छ । महायको आयोजकको रुपमा श्री देवीथान मन्दिर सञ्चालन समिती र श्रीमानव सेवा फाउण्डेसन नेपाल रहेको छ ।
महायज्ञ अवधिभर नियमित रुपमा महाआरती,झाकी,नाटक मञ्चन ,लगाएका कार्यक्रमहरु रहेको आयोजक समितीले जनाएको छ ।