समाचार

प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन

0f23c814 1243 443e b7bd d60502725fda

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
चैत्र १८,आइतबार

बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन कृष्ण उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको बागमती प्रदेश जुडो संघको प्रथम साधारणसभाले उप्रेततीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

0a08e23e 70e3 4ebf afbf 3e2c408484e4 समितिको उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर चयन भएका छन् । त्यस्तै सचिबमा काठमाडौंका राजीब प्रधान, कोषाध्यक्षमा काभ्रेकी दिवा कठायत चयन भएकाछन् । समितिको सदस्यहरुमा धादिङका स्वागत सिलवाल, ललितपुरकी पुजा रेग्मी महत, भक्तपुरका राजाराम वासी, रसुवाका राजकुमार ढुङेल, काठमाडौंकी आकृति जोशी, काभ्रेका शौरभ राज कठायत रहेकाछन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रीय जुडो संघका प्रतिनिधि प्रकाश चन्द्र पाण्डेको आतिथ्यता रहेको थियो । मकवानपुर जुडो संघका अध्यक्ष सबिन मुक्तानको अध्यक्षतामा भएको साधारणसभामा बागमति प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस