समाचार

मकवानपुरको वागमतीमा पार्टी परित्याग गरि ४० भन्दा बढी माओवादीमा प्रवेश

91d2ee7c 3a04 4ea5 ab6b b1b2f436d2fb

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
बैशाख ११ ,मंगलबार

मकवानपुरको वागमतीमा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ।  मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४० भन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।वागमती गाउँपालिकाको झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हजारौं सहिदको बलिदानले बनेको माओवादी पार्टी नै जनताको सुखदुःखको साथी भएको बताईन् । उनले माओवादी पार्टी जनताकै साथमा रहेर जनताकै सेवामा तल्लिन रहेको उल्लेख गरिन् ।कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई, ज्ञानबहादुर राई, ज्योतिराम राई, भीमबहादुर राई, जितमान बल, सुजन तुम्सिङ, शेरबहादुर भोम्जन, श्रवण भोम्जन, सन्तबहादुर भोम्जन, बाबु बल, टीकाबहादुर भोलन, शिव राई, नबराज थिङ लगायत रहेका छन् ।

f1afc817 1506 44b6 8a2c 87edaa7cdbb5

साथै काङ्ग्रेसका औतारसिं घिसिङ, ज्ञानबहादुर थिङ, मानबहादुर रुम्बा, अमृत पाख्रिन, सरोज पाख्रिन, प्रेमबहादुर माझी, वीरबहादुर माझी लगायत माओवादी केन्द्रमा प्रवेश गरेक छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जित थापा र सुमन थापा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्रको एजेन्डामै देश चलेको र जनताको मर्म बुझ्ने पार्टी माओवादी भएको पार्टी प्रवेश गर्नेहरुले बताए । नवप्रवेशीहरुलाई स्वागत गर्दैमकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण बढेको जिल्ला संयोजक भीम पाख्रिनले बताए ।नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमको सञ्चालन सचिव रहरसिं थिङले गरेका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस