जीवनशैली

देशभरका ४४० स्थानमा डढेलो, तत्काल वर्षा नभए अवस्था थप जटिल हुने

dadhelo manang1615959751

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
बैशाख १३,बिहिबार ।

देशभरका ४४० स्थानमा डढेलो, तत्काल वर्षा नभए अवस्था थप जटिल हुने
देशका विभिन्न स्थानमा चैतयता डढेलोका घटना उच्च भएका छन् । विज्ञहरूले अहिलेको अवस्थालाई जटिलु भनेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा वन डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा वैशाख दोस्रो साता नेपालमा डढेलो उच्च बिन्दुमा पुगेको बताउँछन् ।

उनका अनुसार बिहीबार देशका ४४० स्थानमा आगलागी तथा डढेलोका घटना भएका छन् । बुधबार ४४७ स्थानमा घटना भएको थियो । देशभरका ६० जिल्ला डढेलोबाट बढी प्रभावित भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भएको थियो । २०८१ वैशाखयता १२ गतेसम्म आगलागी र डढेलोबाट सात जनाको मृत्यु भएको छ ।

डढेलोकै कारण देशका अधिकांश स्थानमा वायु प्रदूषण उच्च भएको छ । तत्काल वर्षा नभए अवस्था जटिल हुने शर्मा बताउँछन् । उनका अनुसार यही अवस्था रहने हो भने अझै एक महिना डढेलोको उच्च जोखिम रहन्छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना नरहेको जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार तराई क्षेत्रमा आउँदा केही दिन तापक्रम अहिलेकै जस्तो वा थोरै बढी हुन सक्ने पूर्वानुमान छ । पश्चिमी क्षेत्रमा तापक्रम यथावत् वा अहिलेको भन्दा केही बढी हुन सक्ने लामिछाने बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस