जीवनशैली

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

ktm pic

एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख १४ शुक्रबार ।

काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८५ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठुलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *