एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख–१८,मंगलबार ।
राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ संस्थाका ब्यवस्थापकहरुको २ दिने क्षमता विकास तालिम सोमबार सुरु भएको छ । राष्ट्रिय सहकारी बैंकका संचालक एवम् बागमती प्रदेश संयोजक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रम बैंकका हेटौडा शाखा संयोजक नारायणप्रसाद देबकोटाको अध्यक्षतामा भएको थियो । हेतौडाको रोयल प्यालेसमा सुरु भएको तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमिल्सिना र झलेन्द्र दाहालले सहजीकरण गरेकाछन् । बैंकको एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८०/८१ अन्तर्गत २ दिने ‘व्यवस्थापकको क्षमता विकास’ तालिम संचालन गरिएको राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालले बताउनुभयो । तालिम कार्यक्रममा मकवानपुरका जिल्लाका सहकारी संघ संस्थाका ४१ जना ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस