खेलकुद

वेष्ट इण्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल

एनएमबि न्युज डेक्स, काठमाडौँ
बैशाख–१९,बुधबार ।

वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी २० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

नेपाल र वेष्ट इण्डिजले यसअघि एक(एक खेल जितेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो ।

नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस