खेलकुद

सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो

sandeep patan nirpadhoj

एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख २३,आयतबार ।

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् ।

 

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी झगडिया झिकाउने आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैं मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए ।

सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी २० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस