खेलकुद

गोंगुबको होटेलको बाथरुममा महिलाको शव फेला

mirtyubp11613461216

एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख २४,सोमबार ।।

काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार एक होटेलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । भण्डारी काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१५ का अनित कार्कीसँग उक्त होटेलमा बसेको खुलेको छ । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । भण्डारी विवाहित महिला भएको खुलेको छ । कार्की अविवाहित युवक हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस